झडप भएपछि मतदान स्थगित भएको बझाङको जयपृथ्वीमा पुनः मतदान

झडप भएपछि मतदान स्थगित भएको बझाङको जयपृथ्वीमा पुनः मतदान

बझाङ । झडप भएपछि मतदान स्थगित भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ। दोस्रोपटक भइरहेको मतगणनामा पनि मतदाताहरुको उत्साहजनक उपस्थिति रहेको छ।

यो समाचार तयार पार्दासम्म ८०० मत खसेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए। ३०० बढी सेना प्रहरी परिचालन गरि मतदान भइरहेको डिएसपी विष्टले बताए। अहिले त्यहाँ कति मत खसे भन्ने बारे जानकारी लिने प्रयास जार छ ।