स्वामीकार्तिक खापर गाउँपालिकामा कांग्रेसका रोकाया विजयी

स्वामीकार्तिक खापर गाउँपालिकामा कांग्रेसका रोकाया विजयी

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर रोकाया अध्यक्षमा विजयी भएका छन् ।   रोकायाले एमालेका चतुर्भूज शाहीलाई पराजित गरेका हुन् ।

रोकायाले दुई हजार ११ मत प्राप्त गरेका छन् भने एमालेका शाहीले एक हजार ७५७ मत पाए । गठबन्धनका उम्मेदवार नेकपा एसका चिरन्जीवी शाही भने तेस्रो भए । शाहीले एक हजार २८२ मत मात्र पाए । उपाध्यक्षमा कांग्रेसकी मैना जोशीले एक हजार ८१० मत पाएर विजयी भएकी छिन् । उनले एक हजार ६३७ मत ल्याएर एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारीलाई पराजित गरेकी हुन् । गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका सुरेशबहादुर रोकाया तेस्रो भए । उनले एक हजार २१३ मत मात्र पाएका छन् ।

अहिले निर्वाचित अध्यक्ष रोकाया र उपाध्यक्ष जोशी यस अघिको स्थानीय निर्वाचन ०७४ मा सोही पदमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए । पाँच वटा वडा रहेको स्वमीकार्तिकमा २, ४ र ५ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु क्रमश बिष्णुबहादुर बुढा, सिंह धामी र अमर बहादुर सिंह विजयी भएका छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका अजय बहादुर बिक विजयी भए भने ३ नम्बर वडामा एमाले उम्मेदवार प्रेमबहादुर कटेल वडाध्यक्ष पदमा चुनिएका छन् ।