बैतडीको डिलाशैनी ५ मा स्वतन्त्र उम्मेदवार भट्ट विजयी

बैतडीको डिलाशैनी ५ मा स्वतन्त्र उम्मेदवार भट्ट विजयी

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका वडा ५ को वडा अध्यक्ष स्वतन्त्र उम्मेदवार यज्ञराज भट्ट विजयी भएका छन् ।
 राजनीतिक दलका उम्मेदवारहरुलाई चुनौती दिँदै निर्वाचनमा होमिएका भट्टले ७४० मत ल्याएर वडा अध्यक्षमा जितेका हुन् । 

उनका निकटतम् प्रतिद्धन्दि गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गा नाथले ३१९ मत पाएका छन् ।
 यसअघि डिलाशैनी गाउँपालिका वडा नं ४ मा स्वतन्त्र उम्मेदवार हरिदत्त पन्तले जित हासिल गरेका थिए ।