धनगढीमा २ हजार बढी मतान्तर सहित हमालको अग्रता कायमै, कुन वडा बाट कति मत पाए ?

धनगढीमा २ हजार बढी मतान्तर सहित हमालको अग्रता कायमै, कुन वडा बाट कति मत पाए ?

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।  सुरु देखि नै हमालले अग्रता लिएका हमालले १० हजार ३ सय २९ मतगणना हुँदा ४ हजार ५ सय ३८ मत पाएका छन्।  

यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४ सय २८ मत पाएका छन्।  यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १ हजार १ सय ४० मत पाएका छन्।

त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार १ सय ३८,  स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २ सय ५६ र एमालेकी कन्द्रकला रानाले १ हजार ९ सय ३८ मत पाएका छन्। 

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप९महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।  

-यस्तो छ वडागत मत परिणाम...?