बाजुराको गौमुल गाउँपालिकामा एमालेको एकछत्र राजः अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा कांग्रेस पराजित

बाजुराको गौमुल गाउँपालिकामा एमालेको एकछत्र राजः अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा कांग्रेस पराजित

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा नेकपा एमालेका हरिबहादुर रोकाया अध्यक्ष र उपाध्यक्षमा सिता रोकाया (थापा) विजयी भएका छन्।

रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएर विजयी भए भने काँग्रेसका हिरेन्द्र बहादुर रोकायाले १४ सय ७० मत ल्याएर पराजित भए। 

यस्तै उपाध्यक्ष सिताले ३ हजार १ सय ९४ मत ल्याएर काँग्रेसकी उमा रोकायालाइ पराजित गरेकी छन्। उमाले १७ सय ४४ मत ल्याएकी थिईन्। यस्तै गौमुल गाउँपालिकामा ६ वटै वडामा पनि एमालेले जितेको छ।