बिना मगरको निर्वाचन क्षेत्र कञ्चनपुरको लालझाडीमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

बिना मगरको निर्वाचन क्षेत्र कञ्चनपुरको लालझाडीमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) की नेत्री बीना मगरको निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ।

अध्यक्षमा एमालेका निर्मल राना ४ हजार ५६१ र उपाध्यक्षमा सपना चौधरी ३ हजार ५६१ मत सहित विजयी भएकी छन्।अध्यक्षमा रानाका निकटतम प्रतिद्वन्द्वी माओवादीका मदनसेन बडायकले २ हजार ८५८ र उपाध्यक्ष सत्यदेवीले २ हजार ७३२ मत ल्याएकी छन्। 

लालझाडी गाउँपालिकाको उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी राधा रानाले ३ हजार ४ सय ९३ मत ल्याएकी छन्।
 
लालझाडी गाउँपालिकाका ६ वडामध्ये ३ वडामा एमाले, २ वडामा माओवादी र एक वडामा कांग्रेसका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन्।

यस पटकको चुनावमा माओवादीलाई लालझाडीमा धक्का लागेको छ। ०७४ सालको स्थानीय तह चुनावमा पालिका अध्यक्ष, उपाध्यक्षसहित तीन वडा माओवादीले जितेको थियो भने ३ वडा कांग्रेसले जितेको थियो।

०७४ सालको चुनावमा एमालेले पालिका प्रमुख, उपप्रमुख तथा वडाको नेतृत्वमा जित निकाल्न सकेको थिएन। यसपटक पालिका अध्यक्ष उपाध्यक्षसहित ३ वडामा प्यानल सहित एमाले विजयी भएको हो।