दार्चुलाको शैल्यशिखरमा गठबन्धन उम्मेदवारलाई पराजित गर्दै एमाले विजयी

दार्चुलाको  शैल्यशिखरमा गठबन्धन उम्मेदवारलाई पराजित गर्दै एमाले विजयी

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा गठबन्धनलाई पराजित गरेर नेकपा एमालेले जित हासिल गरेको छ । शैल्यशिखरमा जम्मा खसेको दश हजार ७३ मतमध्ये एमाले उम्मेदवार विजयसिंह धामीले पाँच हजार ५०९ मत ल्याउदै नगरप्रमुख पदमा निर्वाचित भए । 
एमालेका धामीले कांग्रेशका उम्मेदवार अमरसिंह धामीलाई ८४७ मतान्तरले पराजित गर्दै निर्वाचित भए । उपप्रमुखमा एमालेका उम्मेदवार शान्ति खडायतले पाँच हजार ६४८ मत ल्याउँदै काँग्रेस उम्मेदवार राजमती बम पाललाई एक हजार ७३ मतान्तरले पराजित गर्दै विजयी भइन् ।