धनगढीका २ पत्रकारलाई ज्यान मार्ने धम्की, कारबाही गर्न महासंघ र पत्रकार सङ्गठनहरूको माग

धनगढीका २ पत्रकारलाई ज्यान मार्ने धम्की, कारबाही गर्न महासंघ र पत्रकार सङ्गठनहरूको माग

धनगढी । कैलालीका दुई पत्रकारलाई ज्यान मार्ने धम्की दिने घोडाघोडी नगरपालिका– २ का निवर्तमान अध्यक्ष सहित २ जनालाई पक्राउ गर्न माग गरिएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले र विभिन्न पत्रकार संघ संगठनहरुले यस्तो माग गरेको हो। 

नेपाल पत्रकार महासंंघ कैलालीका उपाध्यक्ष एवम् एभिन्यूज टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हरिस विक र एभिन्यूज टेलिभिजनका कैलाली संवाददाता राजन जैगडीलाई अश्लील गालीगलौज सहित ज्यान मार्ने धम्की दिनेलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।

यस्तै, नेपाल पत्रकार महासंंघ कैलाली शाखा, प्रेस चौतारी नेपाल कैलाली शाखा र प्रेस सेन्टर नेपाल कैलाली शाखाले पनि विज्ञप्ति जारी गर्दै । सो घटना आपत्तिजनक रहेको बताउँदै दोषी उपर कडा  कारबाहीको माग गरेका छन् । 

 हेर्नुहा्स् विज्ञप्तिहरू...

 

 

प्रेस सेन्टर नेपाल कैलाली
मिति २०७९ २, २ 

प्रेस विज्ञप्ति
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ कैलाली शाखाका उपाध्यक्ष एवम् एभिन्यूज टेलिभिजनका सुदूरपश्चिम ब्यूरो प्रमुख हरिश बिक र एभिन्यूज टेलिभिजनका कैलाली संवाददाता राजन जैगडी कैलालीको घोडाघोडी नगरपालिकास्थित कन्द्रा नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन् भइरहेको बारेमा समाचार संकलन गरेर धनगढी फर्कने क्रममा यही जेठ १ गते बेलुकी घोडाघोडी नगरपालिका वडा नम्बर २ का निवर्तमान अध्यक्ष हरिराज बिष्टसहित दुई जनाले मोबाइल नम्बर ९८५१२२२३९१ र ९८६८४१९७८१ बाट पटकपटक फोन गरी अश्लील गालीगलौचसहित ज्यान मार्ने धम्की दिएकोप्रति प्रेस सेन्टर नेपाल कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार संकलनको विषयलाई लिएर पत्रकारलाई गालीगलौच र धम्की दिनु निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कार्य हो । समाचारका विषयमा केही असहमति भएमा कानुनी उपचारको बाटो हुँदाहुँदै ज्यान मार्ने धम्की दिनेजस्तो गैरकानुनी र निन्दनीय कार्यमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ । 
तेजराज भट्ट
अध्यक्ष