बेलुका साढे ६ बजे सार्वजनिक नयाँ अपटेडका अनुसार हमालले गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार वडभन्दा झण्डै दोब्बर मत ल्याएका छन् ।
११ हजार १२९ मत गणना हुँदा हमाल ४ हजार ९६४ मतसहित अघि छन् । नृपबहादुर वडले २५९१ मतसहित उनलाई पछ्याइरहेका छन ।
यस्तै एमालेका रणबहादुर चन्दले १२१२ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनका तर्फबाट माओवादीकी सुशीला अधिकारीले २ हजार २७३ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेकी छिन ।
एमालेकी कन्दकला रानाले २ हजार ९४ मत प्राप्त गरेकी छिन्। यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १३४२ मत प्राप्त गरेका छन् ।