चौरपाटी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भिम साउँद विजयी

चौरपाटी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भिम साउँद विजयी

अछाम । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भिम बहादुर साउँद विजयी भएका छन् । नेकपा एमालेका राम बहादुर आउजीलाई हराउँदै साउँदले तीन हजार ९८२ मत ल्याएर विजयी भएका हुन् ।

आउजीले दुई हजार ५०६ मत पाए । यस्तै एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हर्क बहादुर साउँदले एक हजार ४७४ मत ल्याए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु देबी खड्का निर्वाचित भइन् ।

खड्काले तीन हजार ७३४ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेकी अनिता खड्काले दुई हजार ४९१ मत पाइन् । यस्तै गठबन्धनका जीवनबिक्रम साउँदले एक हजार ७६३ मत ल्याए ।