सुदूरपश्चिमका ३५ पालिकामा नयाँ नेतृत्व: काँग्रेस १५, एमाले १३ र माओवादीले सात पालिका जित्यो

सुदूरपश्चिमका ३५ पालिकामा नयाँ नेतृत्व: काँग्रेस १५, एमाले १३ र माओवादीले सात पालिका जित्यो

धनगढी । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये सोमबार दिउँसोसम्म ३५ पालिकाके परिणाम मात्र सार्वजनिक भएको छ ।

सार्वजनिक भएको परिणाम अनुसार नेपाली काँग्रेसले १५, नेकपा (एमाले) ले १३ र नेकपा माओवादी केन्द्रले सात स्थानमा पालिका प्रमुख जितेको छ ।

यस्तै उपप्रमुखमा काँग्रेसका १९, एमालेले १२, माओवादीले तीन र नेकपा (एकीकृत समाजवादी ) एक जना निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसले जितेका पालिका:
१ डडेल्धुराको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रसिंह कार्की,
२ डडेल्धुरा नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
३ बाजुराको स्वामीकार्तिक गाउँपालिका अध्यक्ष भरत रोकाया
४ बैतडीको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउद
५ बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी
६ कञ्चनपुरको बेल्डाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना
७ अछामको अछामको वान्नीगढी जयगढ टेकबहादुर साउद
८ अछामको कमलबजार नगरपालिका मेयर यज्ञ ढकाल
९ अछामको ढकारी गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद
१० अछामको रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउद
११ डोटीको पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय
१२ डोटीको आदर्श गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्का
१३ डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष भैरबबहादुर साउद
१४ डोटीको सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशी
१५ बझाङको बुगल नगरपालिका मेयर जयबहादुर धामी

नेकपा (एमाले) ले जितेका पालिका:
१ कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना
२ बझाङको साइपाल गाउँपालिका अध्यक्ष मानहबहादुर बोहरा
३ बझाङको थलरा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया
४ कैलालीको चुरे गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी
५ डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा
६ बाजुराको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया
७ बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर बुढा
८ दार्चुलाको दुहु गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर वडाल
९ दार्चुलाको शैल्यशिखर नगरपालिका मेयर विजयसिंह धामी
१० दार्चुलाको महाकाली नगरपालिका मेयर नरसिंह चैसिर
११ दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी
१२ बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द
१३ बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष अम्मर कुँवर

नेकपा (माओवादी केन्द्र )ले जितेका पालिका:
१ दार्चलाको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे
२ दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिंह धामी
३ दार्चुलाको मार्मा गाउँपालिका अध्यक्ष जमानसिंह धामी
४ दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी
५ डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्की
६ डोटीको बोगटान फुडसिल गाउँपालिका अध्यक्ष कमल गडशिला
७ बैतडीको मेलौली नगरपालिका मेयर भीमबहादुर चन्द

नेपाली काँग्रेसले जितेका उपप्रमुख/उपाध्यक्ष:
१ डडेल्धुराको गन्यापधुरा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवा
२ डडेल्धुराको नवदुर्गा गाउँपालिका उपाध्यक्ष निर्मलाकुमारी बोगटी
३ बाजुराको स्वामीकार्तिक गाउँपालिका उपाध्यक्ष मैना जोशी
४ बाजुराको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवी नाथ
५ दार्चुला मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिलाकुमारी चन्द सिंह
६ दार्चलाको अपिहिमाल गाउँपालिका उपाध्यक्ष देवकी बोहरा
७ दार्चुलाको नौगाड उपाध्यक्ष जगतसिंह ठगुन्ना
८ दार्चुलाको दुहु गाउँपालिका उपाध्यक्ष शान्ति वम
९ कैलालीको चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापा
१० अछामको ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकलादेवी साउद
११ बझाङको थलरा गाउँपालिका उपाध्यक्ष राम खाती
१२ कञ्चनपुरको बेल्डाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ
१३ डोटीको बोगटान फुडसिल गाउँपालिका उपाध्यक्ष विष्णा देउवा वम
१४ डोटीको बडीकेदार गाउँपालिका उपाध्यक्ष डम्मरीकुमारी विष्ट
१५ डोटीको आदर्श गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी
१६ डोटीको सायल गाउँपालिका उपाध्यक्ष निर्मला ओली
१७ डोटीको पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का
१८ बैतडीको सुर्नया गाउँपालिका उपाध्यक्ष मञ्जु महर बोहरा
१९ बैतडीको मेलौली नगरपालिका उपप्रमुख पार्वती बोहरा

नेकपा (एमाले) ले जितेका उपप्रमुख/उपाध्यक्ष:
१ बाजुराको गौमुल गाउँपालिका उपाध्यक्ष सीता रोकाया थापा
२ बैतडीको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष विना भट्ट्
३ बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष सकुन्तला साउद
४ बैतडीको सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी
५ बझाङको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङ बोहरा
६ दार्चुलाको शैल्यशिखर नगरपालिका उपमेयर शान्ति खडायत
७ दार्चुलाको लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी
८ दार्चुलाको महाकाली नगरपालिका उपमेयर दुर्गा विष्ट
९ अछामको कमलबजार नगरपालिका उपमेयर शारदा विष्ट
१० अछामको बान्नीगढी जयगढ उपाध्यक्ष विन्दु रावल
११ डोटीको जोरायल गाउँपालिका उपाध्यक्ष जमुना रोकाया बोहरा
१२ कञ्चनपुरको लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी

नेकपा (माओवादी केन्द्र) ले जितेका उपप्रमुख/उपाध्यक्ष:
१ डडेल्धुराको आलिताल गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल
२ दार्चुलाको मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्याणसिंह धामी
३ अछामको रामारोशन गाउँपालिका उपाध्यक्ष सृजना बुढा
नेकपा (एकीकत समाजवादी ) ले जितेका उपप्रमुख
१ बझाङको बुगल नगरपालिका उपमेयर धनबहादुर बोहरा