बझाङको छबिसपाथिभेरा ७ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार धामी निर्वाचित

बझाङको छबिसपाथिभेरा ७ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार धामी निर्वाचित

धनगढी   बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजय धामी विजयी भएका छन्। नेकपा माओवादी केन्द्रबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका धामी ३८७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन्।

उनले गुलाफको फूल चुनाव चिन्ह पाएका थिए। धामीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिशिर धामीले २४२ मत पाए। त्यस्तै गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मीनबहादुर मण्डेलले २५४ मत पाए।