धनगढी मतगणना अपडेट: स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै, अन्य प्रतिशप्रर्धि ले कति मत पाए ?

धनगढी मतगणना अपडेट: स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै, अन्य प्रतिशप्रर्धि ले कति मत पाए ?

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप(महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।  सुरु देखि नै हमालले अग्रता लिएका हमालले १५ हजार ४ सय ६७ मतगणना हुँदा ६ हजार ८ सय ४१ मत पाएका छन्।  

यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ५ सय ५४ मत पाएका छन्।  यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ८ सय ८ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार १ सय १३,  स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६ सय ८६ र एमालेकी कन्द्रकला रानाले ३ हजार  ४९ मत पाएका छन्। 

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप९महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।