बाजुराको बुढीनन्दा–८ मा पुनः मतदान हुँदै

बाजुराको बुढीनन्दा–८ मा पुनः मतदान हुँदै

बाजुरा। बाजुराको बुढिनन्दा नगरपालिका वडा न ८ मा आज मतदान सुरु भएको छ ।बैशाख ३० को मतदानमा धादलीपछि वडा न ८को मतदान प्रकृया रोकीएको थियो।

बुढीनन्दा नगरपालिका–८ मा रहेको पिस क्रियटर जोन एकेडेमीको मतदान केन्द्रमा पुनः आज मतदान सुरु भएको हो। बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उक्त मतदान केन्द्रमा निपष्क्ष,स्वतन्त्र र भयरहित वातावरणमा मतदान नभएपछि मतदान स्थगित भएको थियो।

निर्वाचन आयोगले मतदान गर्न मतदाताले सहज रुपमा नपाएपछि जेठ ३ गते अर्थात आज पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
उक्त मतदान केन्द्रमा ८६४ मतदाता रहेका छन्। आज भएको पुनः मतदानका लागि जिल्ला सुरक्षा समितिले सुरक्षामा कडाई गरेको छ ।मतदान गर्न आउने मतदातालाई सहजताका लागि आज विहान ७ः०० बजेदेखि उक्त वडामा आवतजावत गर्नै सवारी साधन पूर्ण रुपमा बन्द, गरिएको छ।

भने वडामा समेत अन्य वडाका सर्वसाधारणलाई समेत आवत जावत नगर्न दिने गरी सुरक्षा सतर्कता अपनाईएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताएका छन्। मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र मतदाता तथा मतपेटिकाको सुरक्षाका लागि जटिल समस्या आउन आउन नदिनका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पौडेलले बताए ।

नगरपालिकाका अन्य वडामा रहेका मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भएपनि सो वडाको पिस क्रियटर जोनमा भने विवाद भएको थियो । सो वडाको विवादका कारण नगरपालिकाको मत गणना रोकिएको छ ।