बैतडीको पुर्चौंडीमा ७ वडाको मतगणना सम्पन्न: काँग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

बैतडीको पुर्चौंडीमा ७ वडाको मतगणना सम्पन्न: काँग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

बैतडी ।  बैतडीको पुर्चौंडी नगरपालिकाको मतगणना कार्य जारी रहेको छ । अहिले सम्म प्राप्त मत परिणाम अनुसार सो नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । मेयर पदमा नेपाली कांग्रेसका दीपकबहादुर बमले ३ हजार ८८६ मतका साथ अग्रता लिईरहेका छन् ।  भने उनलाई एमालेका कर्णबहादुर कुँवरले २ हजार ३७४ मतका साथ पछ्याईरहेका छन् । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार विक्रम कुँवर (प्रतीक)ले २ हजार ३०४ मत ल्याएका छन् । 

यस्तै उपमेयर पदमा पनि नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । नेपाली कांग्रेसका मीना धानुकले ३ हजार ४१८ मतका साथ अग्रता लिईरहेकी छिन् भने उनलाई एमालेकी जानकी साउँदले २ हजार ७७३ मतले पछ्याईरहेका छन् । यस्तै नेकपा माओवादी केन्द्रकी नन्दा शाहले २ हजार ३४८ मत ल्याएकी छिन् । 

पुर्चौंडी नगरपालिकाका ७ ओटा वडाको मतगणना सम्पन्न भएको छ भने तीनओटा वडाको मतगणना गर्न बाँकी रहेको छ ।