बैतडीको पुर्चौंडी ४ भटनामा काँग्रेस र माओवादीलाई हराउँदै एमालेका धानुक प्यानल सहित विजयी

बैतडीको पुर्चौंडी ४ भटनामा काँग्रेस र माओवादीलाई हराउँदै एमालेका धानुक प्यानल सहित विजयी

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ४ भटनाको अध्यक्ष पदमा  नेकपा एमालेका दिलबहादुर धानुक (विकास) निर्वाचित भएका छन् ।  धानुक ६०४ मत ल्याएर वडा अध्यक्षमा प्यानल सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दि नेपाली काँग्रेसका परमानन्द भट्टले ४०४ मत ल्याएका छन् ।  भने नेकपा माओवादी केन्द्रका  विनोद धानुकले ३ सय ९३ मत प्राप्त गरेका छन् । 

१० वटा वडा रहेको नगरपालिकामा ८ वडाको मत गणना भई सक्दा सम्म मेयर र उपमेयरमा भने नेपाली काङ्ग्रेसकै अग्रता रहेको छ । भने एमालेले पछ्याइरहेको छ ।