धनगढी । कैलालीको धनगढी उप-महानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बिहानसम्म २३ हजार २२३ मतगणना भएको छ।
बिहान साढे ६ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनले १० हजार ८२५ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन्।
हमाल र वडबीच ५ हजार ६५९ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ६८८ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत पाएका छन्।