२०७९ को स्थानीय निर्वाचनमा कैलालीबाट दोस्रो महिला वडाध्यक्ष, एमालेकी साउँदको प्यानल नै विजयी

२०७९ को स्थानीय निर्वाचनमा कैलालीबाट दोस्रो महिला वडाध्यक्ष, एमालेकी साउँदको  प्यानल नै विजयी

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ मा नेकपा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार कलाबती साउँद ३१७ मत को अग्रता सहित विजयी भएकी हुन । उनले ९२६ मत पाएकी छन् । यो सँगै उनी कैलालीमा दोस्रो निर्वाचित महिला वडा अध्यक्ष बन्न सफल भएकी छन् । 

उनकी निकटतम प्रतिस्पर्धी जानकी देवी पाठक ले ६०९ मत प्राप्त गरिन । वडा सदस्यहरू मा पनि एमाले का उम्मेदवारहरू नै विजयी भएका छन् । 

यो सँगै गोदावरी नगरपालिका मा एमाले ले नगर उपप्रमुख सहित ४ वटा वडा जितेको छ भने नेपाली काँग्रेस ले नगर प्रमुख सहित  ७ वटा वडा जितेको छ । १ वडा भने काँग्रेस समर्थक स्वतन्त्र उम्मेदवार ले जितेका छन् ।