आज थप ६ जनामा कोरोना पुष्टि

आज थप ६ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार देशभर गरिएको २ हजार ८ सय ५६ जनाको पीसीआर र ६ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै नेपालमा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय २९ संक्रमित निको भइसकेका छन् । अहिले निको हुनेको दर ९८ दशमलव ८ रहेको छ ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा १ सय ४७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।