‘लज्जास्पद प्रदर्शन’ गरेको भन्दै कञ्चनपुरको भीमदत्तमा समाजवादीका नेता भण्डारीद्वारा राजीनामा

‘लज्जास्पद प्रदर्शन’ गरेको भन्दै कञ्चनपुरको भीमदत्तमा समाजवादीका नेता भण्डारीद्वारा राजीनामा

नेकपा (एकीकृत समाजवादी) का नेता खेम भण्डारीले पार्टी छाडेको घोषणा गरेका छन्। उनले बुधबार पार्टीको प्रदेश कमिटी सदस्य पदकाट राजीनामा दिएको घोषणा गरेका हुन्। 

उनले फेसबुकमा राजीनामाको घोषणा गर्दै लेखेका छन्, ‘नेकपा (एकीकृत समाजवादी) ले भीमदत्त नगरपालिकामा लज्जास्पद प्रदर्शन गरेको छ। निर्वाचन परिचालन कमिटीको संयोजकको हैसियतमा सो प्रदर्शनको जिम्मेवारी मेरो भएकोले पार्टीको प्रदेश कमिटी सदस्यबाट राजीनामा दिएको घोषणा गर्दछु। पार्टीप्रति पूर्ण वफादार सदस्यका रूपमा भने कृयाशील रहने छु। राजिनामा हुलाकमार्फत प्रदेश अध्यक्षलाई पठाइएको छ। साथै यो असफलताको गहन समिक्षा गरेर मलगायतका जिम्मेवार कमरेडहरूले आफ्नो अक्षमता स्वीकार गर्दै सक्षम कमरेडहरूलाइ उपयुक्त जिम्मेवारीमा ल्याएर पार्टीलाई गतिशील बनाउन पनि माग गर्दछु।’ 

भीमदत्त नगरपालिकाको निर्वाचनमा समाजवादीका तर्फबाट उम्मेदवार बनेका नेताले लज्जास्पद प्रदर्शन गरेको भन्दै राजीनामा गरेको उनको दाबी छ। उनी भीमदत्तको मेयरको उम्मेदवार बन्न आकांक्षी थिए। तर, पार्टीले उनलाई टिकट दिएको थिएन।