बैतडीका १० पालिकाको मत परिणाम सार्वजनिक

बैतडीका १० पालिकाको मत परिणाम सार्वजनिक

बैतडी । बैतडीका १० ओटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिका मध्ये प्रमुख पदमा नेपाली कांग्रेस र नेकपा एमालेले समान ४÷४ स्थानीय तहमा जित हासिल गरेका छन् । यस्तै एक तहमा माओवादी केन्द्र र एकमा स्वतन्त्रले जित हात पारेको छ । 

पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाको प्रमुखमा एमालेले जित हात पारेको छ भने शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकाको प्रमुख कांग्रेसले जित हात पारेको छ । 

यस्तै मेलौली नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रका सन्तोषप्रकाश जोशीले जित हात पारेका छन् । 

यस्तै पालिकाको उपप्रमुख पदमा भने नेपाली कांग्रेसले ५, एमालेले ४ र माओवादी केन्द्रले एक तहमा जित हात पारेको छ । नेपाली कांग्रेसले दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सुर्नया गाउँपालिकाको उपप्रमुख पदमा जित निकालेको छ ।

यस्तै एमालेले पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिकाको उपप्रमुखमा जित हात पारेको छ । यस्तै माओवादी केन्द्रले पाटन नगरपालिकाको उपप्रमुख पदमा जित हात पारेको छ ।