बैतडीको डिलाशैनी ७मा स्वतन्त्र उम्मेदवार 'आइटी इन्जिनियर' भट्ट प्यानल सहित विजयी

बैतडीको डिलाशैनी ७मा स्वतन्त्र उम्मेदवार 'आइटी इन्जिनियर' भट्ट प्यानल सहित विजयी

धनगढी । बैतडीमा  'आइटी इन्जिनियर'  वडाध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा न. ७ मा स्वतन्त्र उम्मेदवार प्रकाशमणि भट्ट प्यानल सहित विजयी भएका हुन् । 

गाउँपालिकाको वडा नं. ७ मा स्वतन्त्र बाट पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका प्रकाशमणिले 
आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारलाई चार सय ६५ मतले पछाडि पार्दै जित हात पारेका हुन् । 

भट्ट ७४० मतका साथ विजयी भएका छन् । भने उनका प्रतिसप्रधिहरु, काँग्रेसका उम्मेदवारले २७५, नेकपा एसकाले २६९, नेकपा माओवादीले १८७ र नेकपा एमालेले १४६ मत मात्रै प्राप्त गरेका छन् । 

भट्ट सँगै गाउँपालिकाको वडा न. ४, ५ र ७ मा स्वतन्त्र उम्मेदवारहरू प्यानल सहित विजयी भएका छन् । भने पालिका अध्यक्ष पनि स्वतन्त्र उम्मेदवार नै विजयी भएका छन् ।