पराजित भए गायक टंक लिमल्सेना , मात्रै पाए १५४ मत

पराजित भए गायक टंक लिमल्सेना ,  मात्रै पाए १५४ मत

अछाम ।अछामको पञ्चदेव बिनायकको नगर प्रमुखमा स्वतन्त्र उम्मेदबार बनेका गायक टंक लिमल्सेना पराजित भएका छन्। आँप चिह्नबाट चुनाव लडेका उनले १५४ मत मात्रै पाएका छन्।   
 
उक्त नगरपालिकाको प्रमुखमा कांग्रेस सुदूरश्चिम प्रदेशका सहमहामन्त्री समेत रहेकी अम्बीका चलाउने नगरप्रमुखमा निर्वाचित भएकी छन्। उनी ३ हजार ६५३ मतसहित विजयी भएकी हन्। चलाउनेका निकटतम प्रतिद्वन्द्वी माओवादीका रामबहादुर बिकले ३ हजार १७२ मत प्राप्त गरेका छन् । ०७४ को निर्वाचनमा चलाउने उपप्रमुखमा विजयी भएकी थिइन्।