प्रदेश ७ को राजधानी र नामाकरणका विषयमा गृहकार्य सुरु

प्रदेश ७ को राजधानी र नामाकरणका विषयमा गृहकार्य सुरु

धनगढीः प्रदेश सरकारको नामाकरण र स्थायी राजधानीका सम्बन्धमा बनेको विशेष समितिले काम सुरु गरेको छ। समितिले प्रदेशका नामाकरण र स्थायी राजधानीका सम्बन्धमा सुझाव संकलन गर्ने कार्य सुरु गरेको जनाइएको छ।

त्यसका लागि सरोकारवालासग छलफललाई तिव्रंता समितिले दिएको छ। यो समितिलाई राजधानी र नामाकरणका विषयमा सुझाव संकलन गरेर सात दिनमा प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ। 

सोही निर्देशन अनुसार यस प्रदेशका सरोकारवालाहरुबाट सुझाव संकलन गर्ने काम भइरहेको विशेष समितिका संयोजक तारालामा तामाङले जानकारी दिए। उनले सबैको सुझावको आधारमा समितिले प्रतिवेदन बनाएर बुझाउने बताए। 

समितिका संयोजक तामाङले समितिले सबै दलका सांसदले दिएको सुझावको आधारमा प्रतिवेदन तयार गरिने भएकोले समितिमा सबैको उपस्थिति रहने बताए। 

बुधवार बसेको प्रदेश सभा बैठकमा राजपा सांसदले समितिमा आफ्नो पार्टीलाई समवेस नगरेकोमा आपती जनाएको थियो। तर समितिले आफ्नो धारणा नराखेर सबै सांसदको सुझावका आधारमा प्रतिवेदन तयार गरिने भएकोले सबैको उपस्थिति हुने उनले दाबी गरे।