वडकै गृह वडामा जितेन काँग्रेस, माओवादी प्यानलसहित विजयी

वडकै गृह वडामा जितेन काँग्रेस, माओवादी प्यानलसहित विजयी

धनगढी । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नृप वडको वडा धनगढी-६ मा माओवादीको प्यानलसहित विजयी भएको छ। वड आफू पनि दोब्बर मतले पछाडि परेका छन्। 

गत निर्वाचनमा आफैँले हराएका स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग वड दोब्बर मतले पछाडि छन्। वडको आफ्नै वडामा नेकपा माओवादी केन्द्रका भगीराम चौधरी प्यानलसहित विजयी भएका छन्। 

चौधरीले ९५३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इस्वरीजँग बमले ७०४ मत पाएका छन्। सदस्यमा माओवादीकै महेन्द्र थापा, भावना चौधरी, रामबहादुर राना, रिता मगराती निर्वाचित भएका हुन्।