सातै प्रदेशमा एआइजी खटाउने तयारी

सातै प्रदेशमा एआइजी खटाउने तयारी

काठमाडौँ। सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) खटाउने तयारी गरेको छ । नेपाल प्रहरीलाई संघीय संरचनामा रुपान्तरणको गृहकार्यस्वरुप प्रहरी ऐन संशोधन गरेर एआइजीलाई प्रदेशमा पठाउन लागिएको हो ।

गृहमन्त्री बालकृष्ण खांडले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन,सुपरिवेक्षण र समन्वय) ऐन २०७६ लाई संशोधन गर्न अध्यादेशमार्फत संसद बैठकमा प्रस्ताव दर्ता गरिसकेका छन् ।हाल प्रदेशमा सरकारले नेपाल प्रहरीका डिआईजीहरुलाई प्रमुखका रुपमा खटाइएको छ । अव ऐन नै संशोधन गरेर उनिहरुलाई कानुनी अधिकार दिएर नै प्रदेशमा एआईजी खटाउने तयारी भइरहेको स्रोतले दावी गरेको छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पदबहाली गरेसंगै प्रहरीका एआइजीलार्य प्रदेशमा खटाउने गृहकार्य भएको हो । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा समेत सातै प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरुले प्रदेशमा एआइजीको दरबन्दी राख्न माग गरेका थिए ।