धनगढी । धनगढीमा पहिलोपल्ट एमालेकी उपमेयरले अग्रता हासिल गरेकी छिन।
शनिबार बिहान सार्वजनिक मत परिणाम अनुसार मतगणना सुरु भएको दिनबाट पहिलोपल्ट एमालेकी उम्मेदवार कन्दकला रानाले गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पछि पारेकी हुन्।
उपमेयरमा एमालेकी कन्दकला रानाले १० हजार ८८० मतसहित अग्रता हासिल गरेकी छिन् ।
यसअघि अग्रता हासिल गरिरहेकी गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार शान्ति अधिकारी १० हजार ७०२ मतसहित पछि परेकी छिन् ।
रानाले अधिकारीलाई १७८ मतले पछि पारकी हुन्।
शुक्रबार रातिसम्म पनि अधिकारीले उपमेयरमा अग्रता हासिल गरिरहेकी थिइन। शुक्रबार राति ९ बजे प्रकाशित मतपरिणाम अनुसार अधिकारी ९ हजार ६४० सहित अघि थिइन भने राना ९ हजार २०९ मतसहित दोस्रो स्थानमा थिइन।
प्रतिकृया दिनुहोस