बाजुराको बुढिनन्दा नगरपालिकाको प्रमुखमा एमालेका बोहरा सहितको प्यानल बिजयी

बाजुराको बुढिनन्दा नगरपालिकाको प्रमुखमा एमालेका बोहरा सहितको प्यानल बिजयी

बाजुरा। बाजुराको बुढिनन्दा नगरपालिकाको मतगणना सम्पन्न भएको छ । बुढिनन्दा नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार जनक कुमार बोहरा सहितको प्यानल बिजयी भएका छन । नगर प्रमुख बोहराले ५११५ मत ल्याएर बिजयी भएका छन ।

भने उनका निकटतम प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार पदम कुमार गिरीले ३२७१ मत सहित पराजित भएका छन । त्यसै गरि नगर उप प्रमुखमा नेकपा एमालेको सहयोगमा स्वतन्त्र उम्मेदवार राम बहादुर बोहरा बिजयी भएका छन । उनले ४०७७ मत सहित बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी रितादेबी सिहंले ३६७७ मत सहित पराजित भएकी छन ।