धनगढी । धनगढी उप-महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले आफैं भ्रष्टाचारीलाई अख्तियारको जिम्मा लगाउने बताएका छन्। आइतवार चौराहामा धन्यवाद यात्रामा सहभागी नगरवासीलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार मुक्त उपमहानगरपालिका बनाउने बताएका हुन्।
हमालले, 'धनगढीमा भ्रष्टाचार भएको सूचना मेरो ह्वाट्स एप नम्बरमा पठाउनु होला। अब केही दिनमा नम्बर सार्वजनिक गर्छु । सबैका समस्या सुन्न अनि गुनासो को अधारमा समातेर अख्तियारको जिम्मा लगाउँछु। अब भ्रष्टाचारीलाई मेयरले छोप्छ।’ उनले भने ।
धनगढी उप-महानगरपालिकाको कार्यालय परिसारबाट सुरु भएको यात्रा ट्राफिक चौराहासम्म गएको थियो। धनगढीको विकासका लागि सबैको साझा नगर प्रमुख भएर काम गर्ने तर्क उनको थियो।