देशका विभिन्न स्थानमा आजको मौसम अवस्था

देशका विभिन्न स्थानमा आजको मौसम अवस्था

धनगढी ।  हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल  बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही देशका अन्य भूभागमा आंशिक देखि सामान्यता सफा रहेको छ ।साथै बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो देशभर आंशिक देखि  सामान्य बदली  रहनेछ। देशका केही  स्थानहरुमा र मेघ गर्जन र चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रही देशका  बाँकी  भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।