एनआईसी एशिया बैंकले शनिवार पनि सेवालाई प्रदान गर्ने , बैंकिङ्ग सेवा उपलब्ध हुने समय ?

एनआईसी एशिया बैंकले शनिवार पनि सेवालाई प्रदान गर्ने ,  बैंकिङ्ग सेवा उपलब्ध हुने समय ?

काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी सातामा एक दिन बिदा थप गरेको छ । यसअघि शनिवार सार्वजनिक बिदा दिँदै आएको सकारले एक दिन थप गरेर आइतबार पनि बिदा दिने निर्णय गरेको हो । जसअनुसार अब शनिवार र आइतबार गरि २ दिन सार्वजनिक बिदा दिने भएको हो ।

तर एनआईसी एशिया बैंकले भने शनिवार पनि आफ्नो सेवालाई प्रदान गर्ने भएको छ । बैंकले ३६५ दिन नै देशभरिका विभिन्न शाखाबाट आफ्नो बैंकिङ्ग कारोबार उपलब्ध गराउने जानकारी गराएको छ ।

बैंकले एक सूचना जारी गर्दै बैंकले आफ्ना सेवाग्राहीहरुको बैंकिङ्ग सेवा–सुविधा सम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै जेठ १ गतेबाट शनिबार, आइतबार तथा अन्य सार्वजनिक विदाहरुमा पनि बैंकिङ्ग कारोबार उपलब्ध गराउने छ ।

बैंकको उक्त दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसार ३६५ दिन नै खुला रहने शाखाहरुको सूची पनि सार्वजनिक गरेको छ ।