किन जोगाउने नदीमा कछुवा , के छ महत्व ?

किन जोगाउने नदीमा कछुवा , के छ महत्व ?

कछुवाको महत्व

कछुवा नदीमा हुनु भनेको नदीहरुमा बग्ने पानी स्वच्छ छ भन्ने संकेत हो। जसरी जमीनमा रहने अस्वस्थ्य जीवहरुलाई बाघ, चितुवाले खाएर पर्यावरण स्वच्छ राख्छन त्यसरी नै नदीभित्रका स–सानाजीवहरु र वनस्पति खाएर जलिय पर्यावरण स्वच्छ सन्तुलन कायम राख्नमा कछुवाहरुले मद्दत पुर्‍याउँछन्। यस्ता जीवहरुको अभावमा प्राकृतिक रुपमै पनि नदी अस्वस्थ्य हुन्छ।

पृथ्वीलाई स्वच्छ हराभरा र स्वस्थ्य राख्न पृथ्वीमा सिर्जना भएका सबै जीव–जीवात्माको आ–आफ्नो भूमिका र महत्व छ र तिनको संरक्षण भएमात्र मानवको संरक्षण हुन्छ। कछुवाले पनि यही महत्व राख्दछ। न त नदीमा माछा, कछुवा घडियाल गोही एक्लै रहन सक्छन्, न त सुक्ष्म जलीय जीवलगायतका जलचरहरु एक्ला–एक्लै बस्नरबाँच्न सक्छन्। यि जीवहरु अल्पकालीन समयको लागि भने चिडियाखाना जस्ता स्थानमा घेराभित्र मानवीय पालनपोषणबाट बाँच्न सक्लान् तर त्यसले पर्यावरणको स्वच्छता निर्माणमा भने कुनै भूमिका खेल्न सक्ने देखिदैन। यसरी प्रकृतिबाट श्रृजित जीव संरचनाहरु विनास भएपछि अन्तमा गएर मानिस पनि यस पृथ्वीमा एक्लै बाँचिरहन सम्भव होला ररु वनजङ्गल र सीमसारमा पाइने कछुवाले इकोसिस्टमलाई बचाई राख्नमा मूख्य भूमिका खेल्ने भएकाले कुनै पनि कछुवाका प्रजातिलाई संकटमा पार्नु हुदैन।

नदीय चक्र

जलीय वनस्पति लेऊ भनेको नदीको लागि मानिसको फोक्सोजस्तै हो। फोक्सोले शरीरका लागि जसरी काम गर्छ, त्यसरी नै जलीय वनस्पतिले जलीय इकोसिस्टमका लागि काम गरेको हुन्छ। नदीमा विभिन्न प्राकृतिक समुदायका लाखौ जीवप्रजाति–पानीमा हुने सुक्ष्म जीवाणुहरुदेखि माछा, भ्यागुता, सर्प, कछुवा, गोही, सोंस र जलियवनस्पति समेत० एक आपसमा मिलेर पर्यावरणीय स्वच्छता कायम गर्न मद्दत गर्दछ। भनिन्छ, जलीय वनस्पतिले छोडेको अक्सिजन जलीय जीवहरुले लिने र यिनीहरुले निस्कासन नगर्ने कार्बनडाइअक्साईड वनस्पतिले लिन्छन्। यिनीहरुबीच एक आपसमा माकुराको जालोजस्तो प्राकृतिक रुपमै संतुलित खाद्य आहार सञ्जाल ९एकले अर्कोलाई खाने जस्तैः वनस्पतिलाई किरा, माछा र कछुवाले खाने, किरालाई भ्यागुता र सर्पले खाईदिने र अन्तमा माछालाई कछुवा,गोहीले खाने० चलेको हुन्छ। खाद्य सञ्जाल चक्रमा विभिन्न प्रकारका सुक्ष्म जलीय वनस्पतिदेखि विभिन्न सुक्ष्म जलजीवहरु, माछाहरु र अन्तमा कछुवा र गोहीसमेत जोडिएको हुन्छ। यस्तो खाद्य श्रृंखला नदी तथा तालहरुमा सधैं सञ्चालनमा रहेको हुन्छ र यसैको सेराफेरोमा स्वच्छ जलीय पर्यावरण कायम भएको हुन्छ। यतिमात्रै कहाँ हो र१ जलीय वनस्पतिले जाडो याममा पानीलाई तातो र गर्मी याममा चिसो बनाएर राख्नाले यसमा आश्रित जलचरहरुलाई समयअनुसार बाँच्न ठूलै सहयोग पुग्दछ।

अब सौचौं, विचारै नगरी मनिसहरुले नदीका श्रोतहरु दोहन गरिरहनु आफ्नै खुट्टामा बन्चरो हानेजस्तै होइन तरु

अन्तमा, नदी भन्नाले प्रकृतिले सिर्जना गरिदिएका पानीमा पाईने सबै किसिमका जीवहरु माछा, कछुवा, गोही सोंसको अलवा जलीय वनस्पतिहरु र कैयौं प्रकारका सुक्ष्म जीवहरुको साझाघर हो भन्ने कुरा पनि बुझ्न, बुझाउन सके मानव जातिको पनि कल्याण हुने थियो कि ?

#पहिलोपोस्ट