डिलाशैनी गाउँपालिकाको अस्थाई पालिका बिद्यालयलाई हस्तान्तरण गरी नमुना बिधालय बनाउने तयारी

डिलाशैनी गाउँपालिकाको अस्थाई पालिका  बिद्यालयलाई हस्तान्तरण गरी नमुना बिधालय बनाउने तयारी

धनगढी । डिलाशैनी गाउँपालिकाको अस्थाई पालिका केन्द्र बन्द गर्ने निर्णय भएको छ ।

५ बर्ष देखि संचालनमा रहेको अस्थाई केन्द्र सोमबार देखि बन्द गर्ने निर्णय गरेको छ ।डिलाशैनिका नवनिर्बाचित जनप्रतिनिधिले पालिकाका सबै काम डिलाशैनी गाउँपालिकाको वडा नम्बर ७ धामिगाउँबाट गर्ने निर्णय गरेका छन् ।

अब पालिकाका सबै काम धामिगाउँबाट हुनेछन गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशिका अनुसार ,पन्शेराको अस्थाई केन्द्र आज बाट बन्द गरिएको छ । अस्थाई केन्द्रको भवन महादेव माध्यमिक बिद्यालयलाई हस्तान्तरण गरेर यो बिधालय लाई नमुना बिधालय बनाउने गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशिले जानकारी दिए ।