भरतपुरमा रेनुको १० हजार बढीको अग्रता

भरतपुरमा रेनुको १० हजार बढीको अग्रता

भरतपुर  । भरतपुर महानगरपालिकामा  रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएकी छन्।

उनले ४४ हजार ४५५ मत पाउदा नेकपा एमाले का विजय सुवेदीले ३४ हजार २९८ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५८३ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६९४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले २७ हजार ११६ मत प्राप्त गरेकी छन्। महानगरमा हालसम्म एक लाख ११ हजार २७३ मतगणना सकिएको छ। अहिले वडा नं २५ र २६ को मतगणना जारी छ। 

भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ। भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ। उनन्तीस वडा रहेको यस पालिकाको मतगणना आज रातिसम्ममा सम्पन्न हुने अनुमान गरिएको छ।