अछाम मा नक्कली डाक्टर बनेर प्रलोभन देखाउदै काम गराउने एक जना पक्राउ

अछाम मा नक्कली डाक्टर बनेर प्रलोभन देखाउदै काम गराउने  एक जना पक्राउ

धनगढी ।  अछाममा नक्कली डाक्टर बनेर प्रलोभन देखाएर काम गराउदै हिड्ने एक जना पक्राउ परेका छन् ।

अछाम मंगलसेन नगरपालिका वडा. नम्बर २ बस्ने २९ बर्ष का चक्र बहादुर बि .क. बिगत केहि समय अगाडि देखि नक्कली डाक्टर बनेर घुम्दै आएका हुन् ।उनि आफु त्रि .वि. शिक्षण अस्पताल र बिर अस्पताल काठमाडौं को MBBS / MS Consultant neurosurgeon डाक्टर . दिपक बि .सि भनि परिचय दिदै आएका हुन् ।

उनि माथि शंका लागि खोजतलासि गर्दा उनको साथ बाट डाक्टर बि .सि .को नाम बाट काटिएका विभिन्न रसिद हरु, रा . बा. बैंक का भौचर हरु, श्री एयरलाईन्स को बोडिङ पास ,चक्र बहादुर बिसी नाम को मतदाता परिचयपत्र समेत फेला परेको छ ।

सो सम्बन्ध मा उनि सङ्ग बुझ्दा आफु डाक्टर नभई विभिन्न प्रतिष्ठित व्यक्ति हरु सङ्ग अनुचित लाभ लिन आफु डाक्टर भनि ढाटेको बताएका छन् । साथै उनि समय समय मा राजनीतिक व्यक्ति हरु सङ्ग जाने आफु डाक्टर हु भन्दै निर्वाचन विजय र्याली मा समेत गएको र विभिन्न ब्यक्ति हरु लाई धम्की देखाएर काम फुत्काउदै आएको खुलेको छ।

आहिले उनि जिल्ला प्रहरी कार्यालय अछाम को नियन्त्रण मा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।