धनगढीमा जेष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा दिने सम्झौता

धनगढीमा जेष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा दिने सम्झौता

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क उपचार सेवा पाउने भएका छन्। 

मंगलवार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएको हो।

उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान परीक्षण र बेड चार्जमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ। यस्तै उनीहरुलाई औषधिमा पनि ५ प्रतिशत छुट दिने सम्झौता भएको निर्णयमा उल्लेख गरिएको छ।