बुढिगंगा नगरपालिकामा तोकीयो निर्वाचन अधिकृत ,फेरी मतदान की मतगणना गर्ने ?

बुढिगंगा नगरपालिकामा तोकीयो निर्वाचन अधिकृत ,फेरी मतदान की मतगणना गर्ने ?

बाजुरा । निर्वाचन आयोगले बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको निर्वाचनअधिकृत तोकेको छ । आयोगले जिल्ला अदालत बाजुराका श्रेस्तेदार पुष्पराज पाण्डेलाई निर्वाचन अधिकृतको रुपमा तोकेको जनाएको छ ।

निर्वाचन आयोगले स्थलगत अध्ययन प्रतिवेदनको अध्ययनपछी मात्रै बाजुराको बुढीगंगा नगरपालकिामा फेरी मतदान की मतगणना गर्ने भन्ने बिषयमा छलफल भईरहेको जनाएको छ ।

प्रतिवेदनको अध्ययनपछी प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरूको बैठकले के गर्ने भन्ने आउन बाँकी रहेको बाजुरा जिल्लाका मुख्य निर्वाचनअधिकृत माधव प्रसाद घिमिरेले बताएका छन । प्रतिवेदनको अध्ययनपछी माननीय आयुक्तहरूको बैठकले जे निणर्य गर्छ त्यही निणर्य कार्यन्वयन हुने आयोगले जनाएको छ ।