पाेखराकाे मेयरमा नेकपा एसका आचार्य विजयी

पाेखराकाे मेयरमा नेकपा एसका आचार्य विजयी

काठमाडौं। पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार विजयी भएका छन्। 

एमालेका कृष्ण बहादुर थापालाई पराजित गर्दै सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार बनेका धनराज आचार्य मेयरमा निर्वाचित बनेका हुन्।

आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ५२ हजार ८४८ मत ल्याएका छन्। उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन्। सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेवदवार कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ विजयी भएकी हुन्। 

 

गुरुङले ६० हजार ५४६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी रानाभाटले ५६ हजार ६६३ मत ल्याएकी छन्।