खैरो हिरोइनसहित ४ जना पक्राउ

धनगढी खबर    

खैरो हिरोइनसहित ४ जना पक्राउ

धनगढी ।  कञ्चनपुरमा खैरो हिरोइनसहित ४ जना पक्राउ परेका छन्। बुधबार जिल्लाको बेलौरी नगरपालिका ८ कलकत्ताका २३ वर्षीय दिनेश चौधरी, रामदास चौधरी, शुक्लाफाँट नगरपालिका झलारीका २५ वर्षीय सञ्जु सार्की र शुक्लाफाँटाका प्रवेश धामीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

 
दिनेश साइकलमा सवार रहेका र उनको साइकलको सिट कभरमुनि लुकाई राखेको अवस्थाामा १०।७२ ग्राम लागुऔषध खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यस्तै प्रवेशले चलाएको सुपप्र ०२–००३ प ३९९३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ। 



बुधबार ११, जेठ २०७९ ०३:१३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस