स्टार्टअप फेस्टमा शीर्ष ५ भित्र परे एसपीएका दुई प्रोजेक्ट

स्टार्टअप फेस्टमा शीर्ष ५ भित्र परे एसपीएका दुई प्रोजेक्ट

धनगढी । लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सोमबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विधार्थीहरुले बनाएका दुई प्रोजेक्टहरु शीर्ष ५ भित्र पर्न सफल भएका छन् । 

आयोजकले फेस्टमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रस्तुत भएका २५ भन्दा बढी प्रोजेक्टहरुमध्येबाट उत्कृष्ट ५ प्रोजेक्ट घोषणा गरेको थियो । त्यसमा एसपीएका सुचना व्यवस्थापन (बीआईएम) विषयमा स्नातक अध्ययनरत विधार्थीहरुले बनाएका ‘स्मार्ट डस्टबिन’ र ‘सस्तो किताब’  नामक दुई प्रोजेक्ट शीर्ष ५ भित्र छानिन सफल भएका हुन् । 

उत्कृष्ट ५ भित्र पर्न सफल प्रोजेक्टहरुले अब काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँनेछन् । काठमाडौंमा देशैभरिका सातै प्रदेशबाट छनोट भएर आएका उत्कृष्ट प्रोजेक्टहरुबीच प्रतिस्पर्धा हुनेछ । यस्तै उक्त प्रोजेक्टहरु अघि बढाउँन र थप विकासका लागि सम्भावित लगानी खोज्न सहयोग गर्ने आयोजकले जनाएको छ । 

एसपीएमा बीएचएम चौथो सेमिस्टरमा अध्ययनरत् विधार्थीहरु नरेश विष्ट, ललितराज जोशी, रमेश बोहरा र सन्तोष लुहारले स्मार्ट डस्टबिन प्राजेक्टको विकास गरेका हुन् । सेन्सरउक्त उक्त स्मार्ट डस्टबिनको ढोका मानिसहरु नजिक जादा आफै खुल्ने र डस्टबिनबाट टाढा जादा आफै बन्द हुने हुन्छ । 

‘डस्टबिनमा फोहोर चिजबस्तु फाल्ने गरिन्छ । हातले छोएर ढक्कन खोल्नुपर्दा त्यसमा भएका किटाणुहरु हातमा टासिने हुनसक्छ । त्यसबाट रोगब्याधी फैलने सम्भावना हुन्छ,’ प्रोजेक्टमा काम गरेका विधार्थी ललितले भने, ‘हाम्रो स्मार्ट डस्टबिनको प्रयोगबाट ढक्कन छुन पर्दैन । मानिसहरु फोहर फाल्न नजिक जादा आफै खुल्छ भने मानिसहरु डस्टबिनबाट टाढा जादा आफै बन्द हुन्छ । आफै बन्द हुने भएकाले डस्टबिनको गन्ध वातावरणमा पनि फैलन पाउँदेन ।’