बझाङको पर्यटकीय स्थल बित्थड 'कान्छो खप्तड'को रूपमा परिचित हुँदै (फोटो फिचर)

बझाङको पर्यटकीय स्थल बित्थड 'कान्छो खप्तड'को रूपमा परिचित हुँदै (फोटो फिचर)

बझाङ । सुदूरपश्चिमका ९ ओटा जिल्ला मध्ये  बझाङ जिल्ला  पनि एक महत्त्वपूर्ण पर्यटकीय   स्थलको रूपमा रहेको छ । बैतडीको सिमाना समाप्त भए सँगै बझाङ जिल्ला जोड्ने जय पृथ्वी राजमार्ग बाट करिब १ किलोमिटर को दुरीमा रहेको बझाङ जिल्लाको प्रवेशद्वारमै  रहेको बित्थडचिर गाउँपालिकाको माथिल्लो बित्थड अहिले कान्छो खप्तडको रूपमा चिनिन थालेको छ । 

यहाँको हराभरा वनजङगल , पुराना मठमन्दिर , यहाँको गुफा , सर्लक्क र सम्म परेको यहाँको भू-भागले यहाँका आन्तरिक र बाह्य जो कोही पर्यटकको मन एकै छिन  यतै हराउने गर्दछ । अहिलेको मौसम अनुकूल र बर्सादको समयमा अहिले यहाँ विभिन्न थरीका फुलहरू फुलेर माथिल्लो बित्थडको अझै स्वभा बढाएको छ ।

बझाङ जिल्लाको पर्यटकीय स्थल र बित्थडचिर गाउँपालिकाको धरोहरका रूपमा रहेको पर्यटकीय स्थल माथिल्लो  बित्थड लाई पर्यटकीय स्थलको रुपमा चिनाउन  यहाँको स्थानीय सरकारले आगामी दिनमा अझै पहल चाल्नु पर्ने यहाँका स्थानीय बासिन्दाको बेजोड माग रहेको छ ।  
 
बित्थडचिर गाउँपालिकाकै धरोहर रूपमा हेरिएको माथिल्लो बित्थडलाई स्थलको रूपमा चिनाउन सकिए आगामी दिनमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सके बझाङ जिल्ला र समग्र बित्थडचिर गाउँपालिकाको समुन्नत आर्थिक  विकास हुने यहाँका स्थानीय बासी बताउँछन् ।

बझाङको पर्यटकीय स्थल बित्थड (कान्छो खप्तड)को सौन्दर्ययता महसुस गर्नुहोस् तस्बिर मार्फत...