कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

काठमाडौँ ।  हाल देशभरको मौसम आंशिकदेखि  सामान्य बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ। 

आज दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशलगायत  देशका पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग  र  हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति  प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश, बागमती प्रदेश , गण्डकी र लुम्बिनी  प्रदेशका थोरै  स्थानमा मेघ गर्जन/चट्याङ्ग  र  हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।