राहत वितरणको लागि प्रदेश सरकारले छिटो कार्यविधि बनाउनु पर्छः सांसद धामी

राहत वितरणको लागि प्रदेश सरकारले छिटो कार्यविधि बनाउनु पर्छः सांसद धामी

धनगढीः नेकपा का सांसद मानबहादुर धामीले दैविक प्रकोपका पीडितलाई सरकारले राहत उपलब्ध गराउन नसकेको प्रति आक्रोश व्यक्त गरेका छन्।

बुधवार बसेको प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै उनले विपतमा परेकाहरूका लागि राहतको व्यवस्था गर्न बनेको विधेक अकस्मीका कोष संसद्बाट पारित भएको एक महिना सम्म पनि राहतको वितरणको प्रक्रियाको सरकारले व्यवस्था गर्न नसक्नु दुखद भएको उनले बताए।

आफू निर्वाचित जिल्लामा दैविक प्रकोपबाट पाँच करोड बराबरको क्षेती भएको उल्लेख गर्दै उनले राहत वितरणको लागि प्रदेश सरकारले छिटो कार्यविधि बनाउनु पर्ने बताए। 

उनले धनगढी उपनगरपालीकाले विना अध्ययनमा गरिबी परिचय पत्र वितरण गरिरहेको प्रति समेत आपत्ति जनाए। पेन्सन प्राप्त गरिरहेका कर्मचारी र धनगढीमा दुई तलाको घर भएका व्यक्तिहरूलाई गरिबीको परिचय पत्र वितरण गरिनु दुखद भएको उनको भनाई छ। यसबारे प्रदेश सरकारले तत्काल छानबिन गर्नु पर्ने माग उनले गरे। 

बुधवारको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री झपट बहादुर बोहराले स्थानीय तहलाई बितिए हस्तान्तरण व्यवस्थापन गर्न बनेको विद्येक पेस गरेका थिए। सो विद्येक प्रदेश सभामा प्रस्तुत गर्दै उनले प्रदेश सरकारले गति पन्याउदै गन्तव्यमा पुग्ने यथेष्ट प्रयत्न गरी रहेको बताए।