दुई सातापछि भारतबाट विद्युत आयात रोकिने

दुई सातापछि भारतबाट विद्युत आयात रोकिने

नदीमा जलप्रवाह विस्तार भएसँगै विद्य्त् उत्पादन बढेको छ । हाल दैनिक साढे २८ हजार मेगावाट प्रतिघण्टा विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  दैनिक ३४ हजार  मेगावाट प्रतिघन्टा रहेको छ  । विद्युत् उत्पादन बढेसँगै नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत् पनि घटाउँदै लगेको छ  ।  सुक्खायाममा दैनिक १२ हजार मेगावाटरघण्टासम्म विद्युत् आयात गर्दै आएकामा पछिल्लो समय पाँच हजार मेगावाटरघण्टामा सीमित भएको छ ।

पछिल्लो  साता  मुलुकभर वर्षा वृद्धिसँगै खोलानालामा जलप्रवाह बढ्न थालेपछि देशभित्रकै आयोजनाको विद्युत् उत्पादन बढ्दो छ । यसकै कारण आयात पनि कम गरे पुग्ने अवस्था आएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । 

प्राधिकरणको पछिल्लो विवरणअनुसार शुक्रबार ३३ हजार ८९६ मेगावाट÷घण्टा  विद्युत्  माग  भएकामा  पाँच  हजार  ७५  मेगावाटरघण्टा  मात्र  आयात भएको छ । विद्युत्को उच्चतम माग सो दिन एक हजार ६४३ मेगावाट छ  ।  सो  माग  पूरा गर्न नेपाल विद्युत्  प्राधिकरणका आफ्नै आयोजनाबाट १० हजार ४८७ मेगावाटरघण्टा, प्राधिकरण सहलगानीका आयोजनाबाट छ हजार २१२ मेगावाटरघण्टा विद्युत् उत्पादन भएको छ । त्यस्तै निजी आयोजनाबाट पनि १२ हजार ७२ मेगावाटरघण्टा  विद्युत् आपूर्ति भएको छ । भट्टराईका अनुसार अब बढीमा १५ दिन मात्र विद्युत् आयात गर्नुपर्ने अवस्था छ । “त्यसपछि हाम्रो उत्पादनले हामीलाई पुग्ने मात्र नभएर बचत हुन्छ । अब दुई साताजति आयात गर्नुपर्ला,  त्यसपछि  प्राधिकरण  निर्यात  गर्नेतर्फ लाग्छ,” उनले भने । 

गोरखापत्र दैनिक