बजेट भाषण : अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन प्रदान गरिने

बजेट भाषण : अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन प्रदान गरिने

सरकारले सञ्चारमाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन अबदेखि अनलाइन मिडियालाई पनि प्रदान गर्ने व्यवस्था गरेको छ। 

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो जानकारी दिएका हुन्। सरकारले यसअघि छापा र विद्युतीय माध्यम अन्तर्गत रेडियो र टेलिभिजनलाई मात्रै विज्ञापन उपलब्ध गराउदै आएको थियो। 

अब अनलाइन मिडियाले पनि लोककल्याणकारी विज्ञापन पाउने छन्। त्यस्तै श्रमजिवी पत्रकारका लागि दुर्घटना बिमालाई पनि प्रभावकारी रुपमा कार्यान्वयनका लागि बजेटमा समावेश गरिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ५९ करोड रकम विनियोजन गरेको छ।