प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी

प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट नागरिकको जनजीवन प्रभावित भएको भन्दै प्रमुख प्रतिपक्षी सांसदहरुले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी छ। 

प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गरेको संकल्प प्रस्ताव माथि छलफल भइरहेको हो। छलफलका लागि  दुई घण्टाको समय दिइएको छ।

संकल्प प्रस्ताव पेश गर्दै एमाले नेता विशाल भट्टराईले तत्काल पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिनुपर्ने माग गरेका छन्। एमाले सांसद यज्ञराज सुनुवार, गणेशकुमार पहाडी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले यसको समर्थन गरेका छन्।  

संकल्प प्रस्तावमा प्रतिपक्षी दलले विरोध गर्दा पनि मूल्यवृद्धि नियन्त्रणतर्फ सरकारले ध्यान नदिएको आरोप लगाइएको छ।