धनगढीमा नियम उल्लंघन गर्ने अटो रिक्सालाई नियन्त्रणमा लिएर कारबाही गरियो

धनगढीमा नियम उल्लंघन गर्ने अटो रिक्सालाई नियन्त्रणमा लिएर कारबाही गरियो

धनगढी । धनगढीमा नियम उल्लंघन गर्ने अटोरिक्सालाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलिले बजार क्षेत्रमा नियमको उल्लंघन गर्दै अटो चलाउने अटोरिक्सा नियन्त्रणमा लिएर कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्याल कैलालीले जनाएको छ ।

चेकजाँचमा लाईसेन्स नभएका, क्षमता भन्दा बढी सवारी बोक्ने र ताकिएको नियम विपरित चलाउने १ सय २० अटोलाई नियन्त्रणमा लिएर कारबाही प्रश्चात छोडिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीको परिसरमा राखिएका अटोरिक्सा आवश्यक कारबाही प्रश्चात छोडिएको प्रहरीले जनाएको छ । त्यस्तै ४५ वटा ब्लुबुक भने आवश्यक कारबाहीका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा पठाइएको छ ।