जोशीपुर गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नगर्ने

जोशीपुर गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नगर्ने

धनगढी । कैलालीको जोशीपुर गाउँपालिका आइतबार बिदा नदिने भएको छ । गाउँपालिकाले संघिय सरकारले आइतबार दिने भनेको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको हो । 

जेठ १९ गते बसेको जोशीपुर गाउँपालिकाको कार्यपालिका बैठकले आइतबारको बिदा कटौती गर्दै जेठ २२ गते देखि लागु हुने गरी कार्यालय, विद्यालय सञ्चालन गर्न आदेश दिएको छ । 

निर्णयमा लेखिएको छ, 'आइतबार देखि बिहीबार कार्यालय समय बिहान १० बजे देखि ५ बजे सम्म र शुक्रवार बिहान १० बजे देखि ३ बजे सम्म कार्यालय सञ्चालन हुने छ।'