धनगढीमा जुवा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

धनगढीमा जुवा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

धनगढी । धनगढीमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। धनगढी उप-महानगरपालिका १ स्थित बसन्त टोलबाट जुवा खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

धनगढी उप-महानगरपालिका वडा नं १ स्थित वसन्तटोल बस्ने वर्ष ४० को दिपु श्रीमालको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिगएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा नगद रु ८६,०००। –(छयासी हजार) र ५ गड्डी तास समेत बरामद गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए । 

पक्राउ पर्नेमा डोटी दिपायल सिलगढी नगरपालिका ६ घर भई हाल कैलालीको धनगढी उप-महानगरपालिका ३ बस्ने वर्ष ६२ का तेज बहादुर बोगटी, धनगढी उप-महानगरपालिका १ बस्ने वर्ष ४८ का धन बहादुर खड्का,  धनगढी उप-महानगरपालिका १ कै वर्ष ३० का रमेश श्रीमाल,  धनगढी उप-महानगरपालिका ७ बस्ने वर्ष २५ का राम कृष्ण राना र धनगढी ७ कै वर्ष ३० का शान्त राम चौधरी रहेका छन् ।