गरिबीका कारण सुदूरपश्चिमको आर्थिक अवस्था माथि उठेन : प्रधानमन्त्री देउवा

गरिबीका कारण सुदूरपश्चिमको आर्थिक अवस्था माथि उठेन : प्रधानमन्त्री देउवा


काठमाडौं ।
सुदूरपश्चिम सरोकार मञ्चले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासका सम्भावना धेरै भएपनि आर्थिक अवस्था अझै माथि उठ्न नसकेको बताए।

सुदूरपश्चिममा गरिबी नहटेको भन्दै प्रधानमन्त्री देउवाले गरिबीकै कारण आर्थिक अवस्‍था माथि उठ्न नसकेको बताए।

सुरुमा लखनउ हुँदै काठमाडौं आउनुपर्ने अवस्था थियो । अहिले सडक सञ्जाल विस्तार भएको छ । सुदूरपश्चिममा गरिबी हटेको छैन । सुदूरपश्चिमको आर्थिक अवस्था अझै माथि उठ्न सकेको छैन,उनले भने।

उनले धेरै पहिले डडेलधुरादेखि धनगढीसम्म बसमा र त्यसपछि लखनउ हुँदै रेल चढेर, फेरि गाडी चढेर काठमाडौं आउनुपर्ने बाध्यता रहेको  बताए।  

अहिले सुदूरपश्चिम सिधै काठमाडौँसँग जोडिएको  र पहिलाको जस्तो धेरै दुःख नभएको उनको भनाइ छ।

सुदूरपश्चिम प्रदेश मानव विकास सूचांकमा अगाडि आउन आवश्यक रहेको भन्दै त्यसका लागि सबैले पहल गर्नुपर्ने उनले बताए।